कञ्चनपुर। कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकाको सीमा क्षेत्रबाट भारत जान लागेकी एक महिलाको उद्धार गरिएको छ।
वेतकोट नगरपालिका धरमपुरकी अन्दाजी २९ बर्षकी एक महिला दोधारा चाँदनी नगरपालिका १० कुतियाकवर अन्तर्गत नेपाल–भारत सिमाबाट सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट(बिओपी) दोधारा चाँदनी (कुतियावकर), बाबाथान प्रहरी चौकी र माईती नेपालको टोलीले उद्धार गरेको हो।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर) का सई देबेन्द्र नाथका अनुसार जोखिम रुपमा चोट पटक लागेको अवस्थामा एक्लै महिला भारत जान लागेको अवस्थामा सोधपुछ गर्दा शंकाको आधारमा उक्त महिलालाई रोकेको बताए। महिलाको हात र मुखमा निलडाम हुने गरि चोट देखिएको उनले बताए। ती महिलाको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचारपछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको इन्सपेक्टर भरतराज गिरीले जानकारी दिए।