कंचनपुर। कंचनपुरको लालझाडीमा सर्वाङिण अपांगता बिकास समाज नेपालद्वारा व्हिल्चियर तथा सहायक सामाग्री वितरण गरिएको छ।
सर्वाङिण अपांगता बिकास समाज नेपाल र लालझाडी गाउँपालिका लैङ्गकि समानता तथा सामाजिक सुरक्षा उप शाखा कंचनपुरको सयुक्त साझेदारीमा अपांगता भएका ब्यक्तिहरुलाई व्हिल्चियर तथा सहायक सामाग्री वितरण गरिएको हो। सोमबार कंचनपुरको लालझाडी गाउँपालिकामा अपांगता भएका ब्यक्तिलाई व्हिल्चियर तथा सहायक सामाग्री वितरण गरिएपछि उनीहरु खुसी भएका छन् । अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री वितरण गर्न सहयोग गरेकोमा लालझाडी गाउँपालिका कंचनपुर परिवारलाई सर्वाङिण अपांगता बिकास समाज नेपालले धन्यवाद ब्यक्त गरेको छ ।