धनगढी। धनगढी उपमहानगरपालीका क्षेत्रमा अब्यस्थीत तार र बिद्युतका पोलले जोखिम निम्त्याएको पाइएको छ। धनगढी उपमहानगरपालीका क्षेत्र अन्तरगत मेनरोड तथा साखा सडक आसपासमा रहेका बिद्युत पोल तथा त्यसमा राखिएका अब्यवस्थीत तारहरुले दुर्घटनाको जोखीम निम्तीएको पाइएको हो।
बिद्युत पोलमा राखीएका अब्यवस्थीत बिद्युतका तार, ईन्टरनेट तार तथा केवल तारहरुको लाईन बिस्तार गरिएको छ। सडकसँगै जोडिएका बिद्युत पोलहरु कतिपय भाँचिएका र तारहरु सडकमा लत्रेको अवस्थामा रहेको पाइएकोले सर्बसाधारण तथा सवारी साधनलाई आवागमनमा समस्या भएको धनगढीका दिपेन्द्र खड्काले जानकारी दिए।
उनले भाँचिएका बिद्युतीय पोलहरुको ब्यवस्थापन नगरिदा दुर्घटनाको जोखीम निम्तीएको बताए । उनले भने केही दिन अघि मात्रै धनगढी २ सन्तोसीटोलमा सवारी आवागमन गर्दा बिद्युतको पोल सडकमै ढलेको बताए । त्यसपछि बिद्युतका कर्मचारी आएर ब्यवस्थापन गरिएको बताए । उनले भने यसरी आवागमन गर्ने सर्बसाधारणलाई करेन्ट लाग्ने सम्भावना बढाएको र दुर्घटनाको जोखीम समेत बढाएको बताए ।
साथै उनले भने धनगढीका बिभिन्न स्थानमा बिद्युतका पुराना पोलहरु भाँचिएका छन्, अनी तारहरु लथालिङ्ग छन्, यिनीहरुको ब्यवस्थापन गर्नुपर्छ उनले भने । यता नेपाल बिद्युत प्राधिकरण धनगढी बितरण केन्द्रका प्रमुख सुर्य नारायण मण्डलले ब्यवस्थीत गर्न हामीले नियमति मर्मत सम्भार गर्ने जिम्मेवारी अनुसार काम गरिरहेको जानकारी दिए ।अब्यवस्थीत बिद्युत पोलहरु नियमित रुपमा मर्मत गर्नुपर्ने हाम्रो जिम्मेबारी रहेपनी सडक बिस्तारका क्रममा बिचमा परेका पोलहरुलाई ब्यस्थापन गर्न गरिरहेको बताए ।
उनले अहिले धनगढी उपमहानगरपालीकाका बिभिन्न क्षेत्रहरुमा सडक बिस्तार गर्ने कार्य चलिरहेकाले पोलहरु सडक बिचमा परेको देखीएको छ । उनले भने, सडकमा परेका पोलहरुलाई ब्यवस्थापन गर्ने काम रोड बनाउने निकायले गरिरहेको छ। यसका लागी धनगढी उपमहानगरपालीका, बिद्युत प्राधिकरण र सहरी बिकासले गरिरहेको बताए । नेटको तार हटाउने काम यहाँबाट हुँदैन । सम्बन्धीत नेट कम्पन्नीहरुले नै हटाउँछन् । हाम्रो भाडा उठाउने मात्रै काम हुन्छ, उनले भने। धनगढी बितरण केन्द्रबाट ६४ हजार ८ सय ग्राहक र सामुदायीकका २१ हजार ग्राहकहरु बिद्युतको पहुँचमा रहेको नेपाल बिद्युत प्राधिकरण धनगढीले जनाएको छ।