कैलाली। कैलालीमा मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु भएपछि पुर्वपश्चिम राजमार्ग अबरुद्ध पारिएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियामा पुर्वबाट पश्चिम जाँदै गरेको से ६ प ८७८६ नम्बरको मोटरसाईकलको ठक्करबाट मिलडाडा बस्ने ५५ बर्षिय मनसरा न्यौपानेको मृत्यु भएको हो। महिलाको मृत्यु भएपछि आज बिहानैबाट पुर्वपश्चिम राजमार्ग अबरुद्ध पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकका आफन्त तथा स्थानियहरुले क्षतीपुर्तिको माग गर्दै पुर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका हुन्। महिलाको मृत्यु पछि आफन्तले कोहलपुरबाट शव ल्याएर सडकमा राखी आन्दोलन थालेका छन्। आइतबार साँझ ५ बजे मोटरसाईकलको ठक्करबाट घाईते भएकी न्यौपानेको उपचारको क्रममा मृत्यु भएपछि पुर्वपश्चिम राजमार्ग अबरुद्ध गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। ठक्कर दिने मोटरसाईकल र मोटरसाईकल चालक लम्कि चुहा १ का राजन चौधरीलाई ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको जनाएको छ।