काठमाडौं। सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताहरुको डाटा अनधिकृत रुपमा प्रयोग गरेको अभियोगमा ब्रिटेनले फेसबुकलाई तीन करोड अमेरिकी डलर जरिवाना तिराउने भएको छ ।
चार करोड बढी प्रयोगकर्ताहरुको व्यक्तिगत डाटाको दुरुपयोग गरेको भन्दै उक्त सजाय दिएको हो । फेसबुकले अनुचित नियम र सर्तहरू लगाएर प्रयोगकर्ताहरुलाई आफ्नो बहुमूल्य व्यक्तिगत डाटाको माग गरेको र सो डाटाको प्रयोग गरी फेसबूकले अरबौं पाउन्ड कमाएको आरोप प्रयोगकर्ताहरुको छ।
उक्त आरोपलाई प्रतिकार गर्दै फेसबूकले– प्रयोगकर्ताहरुले आफ्नो प्रयोगको लागि फेसबूकले दिने सेवा सुविधा प्रयोग गरेको र के–के डाटा सेयर गर्ने र नगर्ने भन्ने निर्णायक जानकारी फेसबुक प्रयोगकर्ताहरुलाई नै भएको जनाएको छ। स्थापनाको समय देखि नै ब्रिटेनमा प्रयोगकर्ताहरुले फेसबुकलाई भर पर्दो सामाजिक सञ्जालको माध्यमका रुपमा प्रयोग गर्दै आएका थिए। तर यस घटनापछि ब्रिटेनका प्रयोगकर्ताहरुको फेसबुक माथिको विश्वास र उदारतामा कमी आएको देखिएको छ।