धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीले भोली देखी टोकन प्रणालीबाट सेवा दिने भएको छ। कैलालीमा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले माघ ३ गतेबाट यस्तो सेवा प्रणाली सुरु गरेको जानकारी दिएको हो।
प्रशासनले आज एक सूचना जारीगर्दै नयाँ नागरिकताका लागि दैनिक ४० टोकन प्रदान वितरण गरिने र सेवा लिने दिन विहान १० बजेदेखि २ वजेभित्र टोकन लिइसक्नुपर्ने जनाएको छ। यस्तै नागरिकताको प्रतिलिपिका लागि दैनिक ६० तथा राष्ट्रिय परिचय पत्रका लागि ८० टोकन वितरण गर्ने जनाएको छ।
यस्तो छ जिल्ला प्रशासन कार्यालय कैलालीको सूचना