धनगढी। कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका-१० दमौराका २३ वर्षीय महेश ताम्राकार पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट डोकेबजारबाट खटिएको चेकप्वाइन्ट टोलिले उनलाई नाइट्रोभेट नामक लागुऔषधसहित पक्राउ गरेको हो।
उनले मोबाइलको ब्याट्री राख्ने ठाउँमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ८ गोटा नाइट्रोभेट पाइएको प्रहरीले जनाएको छ। ताम्राकारलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी पचगडीया बुझाइएको बताइएको छ।