धनगढी। कैलाली उद्योग बाणिज्य संघले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमको विदाई गरेको छ । शुक्रबार उद्योग बाणिज्य संघको सभाहलमा आयोजित विदाई तथा फेरी भेटौला कार्यक्रम आयोजना गर्दै एसपी गौतमको विदाई गरीएको हो।
कैलाली उद्योग बाण्ज्यि संघले सधैँ सुदुरपश्चिम प्रदेशमा नयाँ जिम्मेबारीका साथ आउने अतिथीलाई स्वागत तथा कार्यअवधी सकिएर जानेलाई बिदाई कार्यक्रम गर्दै आइरहेको छ । सोही अनुरुप सुदूरपश्चिम प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमको विदाई गरेको छ। कार्यक्रममा बोल्दै कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले एसपी गौतमले छोटो अवधीमा प्रसंसनीय काम गरेको उल्लेख गरेका छन्। अध्यक्ष कुवँरले एसपी गौतमको कार्यकालमा प्रदेशको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम सम्पन्न भएको बताए।
एसपी गौतमले प्रदेशको ट्राफिक व्यवस्थापनका साथै सबैको मन जित्ने काम गरेको, सबै उद्योग ब्यवसायीसँग राम्रो बातावरण बनाउन र पारिवारीक वातावरण बनाएको अध्यक्ष कुवंरको भनाई छ। यस्तै एसपी गौतमले स्थानीय तथा ब्यवसायीसंगको सहकार्यमा यस क्षेत्रका छाडा गाईगोरु व्यवस्थापन र सवारी व्यवस्थापनका काममा सहकार्य गरेर धेरै सुधारका काम गरेको उनले जानकारी दिए। साथै आगामी दिनमा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै ठुलो पदस्थापन ग्रहण सहित सुदुरपश्चिममा फेरी फर्केर आउन उनले शुभकामना ब्यक्त गरे।
यस्तै कार्यक्रममा कैलाली उद्योग बाण्ज्यि सँधका सल्लाहार टेकराज जोशीले शुभकामना मन्तब्य ब्यक्त गर्दै यस क्षेत्रको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउने काम गरेको जानकारी दिए। १७ महिना अवधीमा छोटो अवधीमै रामो काम गरेको र आगामी दिनमा यस्तै बिभिन्न काम गर्नहुने समेत बिश्वास ब्यक्त गरे। संघको सभाहलमा भएको कार्यक्रममा बोल्दै एसपी गौतमले आफूले १७ महिना अवधीमा बस्दा पारिवारीका वातावरण पाएको बताए । उनले यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा आफुले सकेजतिको प्रयास गरेको बताए । उनले सुदूरपश्चिममा पहिलेको तुलनामा सडक संजालमा धेरै विकास भएकाले ट्राफिक प्रहरीको काम पनि बढेको बताए। ‘यस प्रदेशमा बिशेष गरेर कैलाली, कञ्चनपुरमा ट्राफिक चाप बढी छ, उनले आफ्नो कार्यकालमा ट्राफिक बुथ विस्तार गर्ने, सिसिटिभी क्यामेर जडान गर्ने, जनचेतनाका कार्यक्रम आयोजना गर्ने लगायतका काम गरेको बताए । उनले सुदूरपश्चिममै पहिलो पटक ट्राफिक तालिमको आयोजना गरेको बताए।
‘पहिले काठमाण्डौंमा मात्रै तालिमको आयोजना हुँदा यस क्षेत्रबाट थोरै जनाको सहभागित हुने गरेको थियो’ उनले भने ‘काठमाण्डौंमा तालिम गराउँदा २/३ जनाले मात्रै अवसर पाउँन्थे। अहिले यही तालिम गराउँदा एकै चोटी ३० जना जनशक्ति तयार भएका छन ।’ उनले यस क्षेत्रको जनघनत्वो र सवारी चाप अनुसारको ट्राफिक प्रहरीको दरबन्दी नहुँदा भने काम गर्न समस्या हुने गरेको बताए । एसपी गौतमको काठमाण्डौं उपत्यका प्रहरी कार्यालय ईनटेलिजेन्स शाखामा सरुवा भएको छ भने उनको ठाउँमा नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेबाट प्रविण धिताल आउने जनाइएको छ । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष लगायत पदाधिकारीहरुले सुदुरपश्चिममा काम गरेका एसपी गौतमलाई फुल माला, खादासहित मायाको चिनो प्रदान गरी विदाई गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी,संघका महासचिब ओम बिष्ट,कार्यकारी निर्देशक गोमा अधिकारी, कैलाली उद्योग बाणिज्य संघका सल्लाहाकार टेकराज जोशी, कमला भट्राई, कैलाली उद्योग बाणिज्य संघका कार्यसमिती सदस्यसुरेन्द्र कुमार बोहरा,किराना ब्यवसायी सँघका अध्यक्ष लक्ष्मण पन्त, कर्मचारी शुरक्षा निकायका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

