कैलाली। कैलालीमा बालुवा बोकेको ट्याक्टरमा लुकाई छिपाई लगेको अबस्थामा सालको काठ बरामद गरिएको छ।
कैलालीको गोदावरी नगरपालिका- ७ गौडीस्थित सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से.१ त.८८६७ नम्बरको बालुवा बोकेको ट्र्याक्टरबाट सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बालुवाभित्र लुकाई छिपाई ओसारपोसार गरिरहेको अवस्थामा सालको काठ फेला पारेको हो।
उक्त ट्र्याक्टरबाट ५५ थान सालको काठ (कडी) फेला पारी आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय अत्तरीया पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। चालक कैलाली गोदावरी नगरपालिका वडा न.७ तेकुल्ला बस्ने बर्ष ३६ को हर्क कुमालले चलाएको से.१ त. ८८६७ नम्बरको बालुवा बोकेको ट्याक्टर चेकजाँच गर्दा बालुवा भित्र लुकाई छिपाई ओसार पोसार गरी रहेको अवस्थामा सालको फेला पारेको हो। कुमाललाई नियन्त्रणमा लिइएको बताइएको छ।