अछाम । अछाममा गिट्टी कुट्ने क्रममा टाउकोमा ढुंगा लाग्दा एक बालकको ज्यान गएको छ ।
अछामको कमलबजार नगरपालिका वडा नः १ मुली मोटरकाट्ने निवासी नमराज अधिकारीका करीब १५ बर्षिया छोरा हिक्मत अधिकारीको मृत्यु भएको हो।
वडा नः १ को बतासेबजार जाने सडक नजिकै गिट्टी निकाल्नका लागी बनाइएको खाल्डोमा गिट्टी निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर अधिकारीको मृत्यु भएको स्थानिय दिवश बडुवालले बताउनुभयो।
बुधबार दिउँसो गिट्टी निकाल्ने क्रममा उक्त घटना भएपछि टाउँकोमा गम्भिर चोट लागेका अधिकारीलाई उपचारका लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बडुवालले जानकारी दिनुभयो ।