धनगढी। सुदूरपश्चिम प्रदेशको ९ जिल्ला मध्ये ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ। सुदूरपश्चिमको बझाङ बाहेक बाँकी ८ जिल्लामा गत शुक्रवारदेखि सुरु भएको जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको हो।
जिल्ला अधिवेशनबाट नेकपा एमालेले ८ जिल्लामा नयाँ नेतृत्व पाएको छ ।बैतडी, डडेल्धुरा, डोटी र बाजुरामा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो भने कैलाली,कञ्चनपुर,अछाम र दार्चुलामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हो।
बैतडीमा सुरेन्द्र पाल, डडेल्धुरामा प्रकाश साउँद, डोटीमा चक्र मल्ल र बाजुरामा कालीप्रसाद शाहीले जिल्ला नेतृत्वको जिम्मा पाएका छन्। यस्तै कैलालीमा रतन थापा, कञ्चनपुरमा सुरेन्द्र विष्ट, अछाममा चक्र बोहरा र दार्चुलामा प्रेम सिह धामी निर्वाचित भएका हुन् । बझाङमा भने मौसम खराबका कारण निर्वाचन हुन सकेको छैन ।
सुदुरपश्चिम प्रदेश सहित अन्य जिल्लामा को-को भए एमाले जिल्ला अध्यक्ष ?
१. झापा- दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे
३. दाङ- हुकुमबहादुर बस्नेत
४. डोल्पा- शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया- लालबहादुर श्रेष्ठ
७. बाँके- किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा
२१. नुवाकोट- बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम- तेजमान कन्दङ्वा
२३. रुपन्देही- तेजेन्द्र केसी
२४. लमजुङ- कृष्णप्रसाद अधिकारी
२५. पाँचथर- राजकुमार भण्डारी
२६. रामेछाप- आनन्द श्रेष्ठ
२७. गोरखा- प्रेमबहादुर गुरुङ
२८. मकवानपुर- एकलाल श्रेष्ठ
२९. डडेल्धुरा- प्रकाश सावँद
३०. भोजपुर- शरण राई
३१. बैतडी- सुरेन्द्र पाल
३२. म्याग्दी- देवेन्द्र केसी
३३. जुम्ला- शान्तिलाल महत
३४. ललितपुर- पुरुषोत्तम आचार्य
३५. सिन्धुली- कुमारबहादुर कार्की
३६. इलाम- महेश बस्नेत
३७. सोलुखुम्बु- डुफकुमार बॉस्तोला
३८. प्युठान- विजयविराज विष्ट
३९. पर्वत- राजुप्रसाद पौडेल
४०. डोटी- चक्र मल्ल
४१. रुकुम पश्चिम- नन्दराम देवकोटा
४२. उदयपुर- परमेश्वर घिमिरे
४३. दोलखा- नरबहादुर श्रेष्ठ
४४. नवलपरासी (पूर्व)- मुक्तिराम पाण्डे
४५. ओखलढुंगा- शंकर कटवाल
४६. सिराहा- चन्द्रेश्वर मण्डल
४७. कैलाली- रतन थापा
४८. ताप्लेजुङ- भुपेन्द्र थेबे
४९. बाजुरा- कालीबहादुर शाही
५०. काठमाडौं- दीपक निरौला
५१. बाग्लुङ- हिरा केसी
५२. स्याङ्जा- सूर्य गैरे
५३. दार्चुला- प्रेमसिंह धामी
५४. जाजरकोट- खिमबहादुर शाही
५५. सुर्खेत- अमृत बीसी
५६. कास्की- मनबहादुर गुरुङ
५७ कञ्चनपुरमा सुरेन्द्र विष्ट,
५८ अछाममा चक्र बोहरा
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल