कञ्चनपुर। नेकपा एमाले कञ्चनपुरको आठौँ अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र विष्ट निर्वाचित भएका छन् । बुधबार राति सम्पन्न पदाधिकारीको मतगणना अनुसार अध्यक्षमा जिल्ला कमिटी पदाधिकारीमा अध्यक्ष सुरेन्द्र बिष्टको प्यानल नै निर्वाचित भएको हो।
सुरेन्द्र बिष्ट २८१ मत सहित निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी वीरबहादुर थापाले १८३ मात्रै मत पाए । त्यस्तै उपाध्यक्षमा लक्ष्मी बुढा निर्वाचित भईन् । उनले २५४ मत प्राप्त गरन् । उनका प्रतिद्वन्द्वी महेश प्रसाद पन्तले २०५ मत मात्रै प्राप्त गरे ।
आठौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिवमा पल्लवराज भट्ट निर्वाचित भए । उनले सचिव पदका अर्का उम्मेदवार अशोक कुमार चन्दलाई ७ मतले पराजित गरे ।
सचिवमा निर्वाचित पल्लवराज भट्टले २३३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी अशोक कुमार चन्दले २२६ मत प्राप्त गरे । जिल्ला कमिटी उपसचिवमा ३४७ मत सहित कर्ण बहादुर चन्द र २९६ मत सहित फैरु तामाङ निर्वाचित भए । प्रतिद्वन्द्वी शेर बहादुर चन्दले १९७ मत मात्रै प्राप्त गरे । जम्मा ४९९ जना मतदाताहरू मध्ये ४७० जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।