धनगढी। कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई लक्षित गर्दै कैलाली प्रशासनले आदेश जारी गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले १२ बुँदे आदेश जारी गर्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गर्दै आदेश जारी गरेका हुन्।
बुधबार आदेश जारी गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले आज राती १२ बजेदेखि अनिश्चितकालकालागि लागु हुने गरि बिभिन्न निर्णय गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी थापाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गर्दै आदेश जारी गरेका हुन्।
जारी आदेशमा कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको जारी सूचनामा उल्लेख छ।