कञ्चनपुर। नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि सुरु हुने भएको छ।
४ सय ९९ मतदातामध्ये ४ सय ७० जनाले नेतृत्व चयनका लागि मतदान गरेको निर्वाचन समितिले जनाएको छ। नेकपा एमालेको पार्टी कार्यालयमा मंगलबार साँझ साढे ५ बजेदेखि सुरु भएको मतदान बुधबार बिहान २ बजे सकिएको थियो। ५ जना पदाधिकारीसहित १ सय २० सदस्यीय जिल्ला कमिटी चयन हुनेछ।
निर्वतमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र बिष्ट प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ। थापा प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द, उपसचिवमा शेरबहादुर चन्द र ईश्वरा कुँवर उम्मेदवार छन्। यसैगरी, बिष्ट प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द उम्मेदवार छन्। पाँच दिनसम्म पनि सहमतिको प्रयास हुन नसकेपछि अन्तिममा निर्वाचनबाट नै नेतृत्व चयन प्रक्रियामा गएको हो।

