धनगढी । धनगढी उपमहानगरपालिका ३ मा आधारभुत स्वास्थ्य केन्दको उद्घाटन गरिएको छ । नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच गराउने उद्देश्यसहित निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख नृप बहादुर वडले उदघाटन गरेका हुन।
स्वास्थ्य भवन उदघाटन गर्दै नगर प्रमुख वडले सम्पुर्ण नगरबासीलाई स्वास्थ्य सेवामा सहज पहुच होस भन्ने उद्देश्यले सम्पुर्ण वडाहरुमा स्वास्थ्य सेवा दिने गरि कार्यहरू भैरहेको जानकारी दिए। उनले अबको १० दिन भित्रै धनगढी उपमहानगरपालिकाका १९ ओटै वडामा स्वास्थ्य कार्यालयहरु सञ्चालन गरिने बताएका छन्। धनगढी उपमहानगरपालिकाका १९ वडा मध्ये बाकी रहेका वडाहरु बाहेक सबै वडामा स्वास्थ्य भवन निर्माण भै सो वडाका वडा बासीहरुले सेवा लिईरहेको बताए । धनगढी उपमहानगरपालीका ३ संगै उपमहानगरले नगरको १६ वडामा आफ्नै भवनबाट स्वास्थ्य सेवा दिन सफल भएको छ ।
यो स्वास्थ्य सेवा प्रत्येक्ष जनतासँग सरोकार भएको बिषय भएकाले स्वास्थ्य सेवा केन्द्र सबैको घर घरमा पुग्नुपर्ने र नागरिकले घर नजिकै स्वास्थ्य सेवा पाउने उनले बताए ।‘यहाँ सुविधा सम्पन्न अस्पताल तमाम छन् । तर, प्रत्यक्ष जनतासंग सरोकार भएका कारणले यसको प्राथमिकता पहिलो हुनुपर्छ’ नगर प्रमुख वडले भने, ‘यो स्वास्थ्य केन्द्र प्रत्येक नागरिकको घरमा पुग्नुपर्ने जरुरी छ । हामी प्रत्येकको घरमा पुग्नुपर्ने आवश्यक छ । जबसम्म हामी प्रत्येक घरमा पुग्न सक्दैनौं यो स्वास्थ्य केन्द्र सञ्चालनको औचित्य छैन ।’ यस्मा सबै कर्मचारी,नगरबासीको साथ र सहयोग चाहिने उनले बताए । बाकी रहेका वडाहरु मध्ये वडा नम्बर २ र ३ मा जग्गा नभएका कारण स्वास्थ्य भवन बनाउन नसकिएको बताउदै जग्गा प्राप्ति लगतै भवन निर्माण गरि स्वास्थ्य सेवा सुचारु गरिने मेयर वडले बताए। साथै नगर प्रमुखले धनगढी उपमहानगरपालीका बिभिन्न वडामा बिभिन्न बिकास निर्माण गरेको र गरिरहेको बताए । यस्तै धनगढी उपमहानगरपालीका उपमेयर सुशिला मिश्र भट्टले धनगढी उपमहानगरपालिका ३ को यो आधारभुत स्वास्थ्य केन्दमा निर्माण गर्नुपर्ने केही अझै बाँकी रहेकाले स्वास्थ्य सामाग्रीको रक्षा र सुरक्षा दिन अनुरोध गरिन ।
उनले भनिन्, कतिपय सेवाहरु यस्ता हुन्छन् जती दिए पनी कम हुन्छ, स्वास्थ्य सेवा पनी त्यस्तै हुन्छ । यो जति दिदा पनी कम हुने सवा हो,र जसरी स्वास्थ्य क्षेत्रमो तन मन लगाएर काम गरिरहेकाले ब्यक्तीगत सरसफाई देखी सम्पुर्ण रुपमा सुरक्षित तवरले स्वास्थ्य सेवा प्रदान गर्न उनले भनिन् । कोभिडको लहर आइसकेकोले स्वास्थ्य सरसफाई र सुरक्षित तथा स्वास्थ्य सेवा मापदण्ड अपनाउन उनले भनिन् । यस्तै स्वास्थ्य स्वयम सेविकाको बारेमा हामी पनी निरन्तर लागीरहेको उनले बताईन् । यस्तै धनगढी उपमहानगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष वल बहादुर ऐरले वडा नम्बर ३ को कार्यालय निर्माणाधिन अवस्था रहेको र स्वास्थ्य केन्द्रसँग जोडेर बनाउनुपर्ने पर्खाल तथा फर्निचरका लागी सामाग्री आवस्यक पर्ने बताए । अन्य वडाका स्वास्थ्य केन्द्रमा बितरण गरिएका स्वास्थ्य सामाग्री धनगढी उपमहानगरपालीकाले उपलब्ध गराउन र यी सामागी समेत चाहीने उनले बताए ।
जग्गा प्राप्ती नभएकाले स्वास्थ्य भवन निर्माण गर्ने बेला र वडा कार्यालय स्थापना गर्न धेरै समस्याहरु भोग्नुपरेको बताए। उनले आधारभुत स्वास्थ्य केन्द्रबाट उपलब्ध गराउन सेवा के के हो यस्बारे स्पष्ठ हुन जरुरी रहेको बताए । उपमहानगरपालिकाका १९ सबै वडामा नगरवासीले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य सहित धनगढी उपमहानगरपालिका ३ मा पनी आधारभुत स्वास्थ्य केन्द स्थापना गरिएको हो। धनगढी उपमहानगरपालिकाले वडा नम्बर ८, वडा नम्बर ४, वडा नम्बर १ मा आधारभूत स्वास्थ्य केन्दको स्थापना गरिसकेको अवस्थामा आज धनगढी उपमहानगरपालिका ३ मा स्वास्थ्य केन्दको स्थापना गरिएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य साखा प्रमुख कृष्ण बोहराले जानकारी दिए। उनले बिस्तारै वडा नम्बर ५ मा उद्घघाटनको क्रममा रहेको उनले बताए। उनले परिवार नियोजन, मातृस्वास्थ सेवा लगायत बिभिन्न स्वास्थ्य सेवा प्रदान गरीने बताए । उनले स्थानियस्तरमै बढी भन्दा बढी स्वास्थ्य सेवा दिने उदेश्य रहेको जानकारी दिए ।