दार्चुला। नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा कुल ७०५ मतदाता रहेको दार्चुलामा धामीले ५ सय ८८ मत प्राप्त गर्दै जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । धामीका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्तीले ९२ मत मात्रै प्राप्त गरे
उपाध्यक्षमा भने यसअघि नै चरनसिंह बुढाथोकी निर्विरोध भइसकेका छन् । जिल्लाको सचिवमा शेरसिंह धामी विजयी भएका छन्,उनले ४२२ मत प्राप्त गरे । यस्तै निर्वाचन समितिका अनुसार उपसचिवमा खडक सिंह बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन् । उनीहरुले क्रमसः ३८४ र २७३ मत ल्याए ।