कन्चनपुर। नेकपा एमाले कञ्चनपुरमा नेतृत्व छान्न निर्बाचन हुने भएको छ । एमाले कञ्चनपुर अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसक्दा सर्वसम्मतिमा नेतृत्व छान्न सकस परेको कारण निर्बाचन हुने भएको हो।
एमाले कञ्चनपुरको अध्यक्षका दुई जना दाबेदार छन्। बिगत केही दिन यता सहमतीको लागी नेताहरु निरन्तर छलफलमा थिए । तर अध्यक्षमा सहमती हुन नसकेपछि अब निर्बाचन नै हुने भएको छ । वर्तमान अध्यक्ष वीरबहादुर थापा (पातल), सचिव तथा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले अध्यक्षमा दाबी गरेका छन्। अध्यक्षका आकांक्षी थापा माओवादी पृष्ठभूमिका हुन्। माओवादी र एमालेको तत्कालीन एकीकरणमा अध्यक्ष बनेका थापा पछि एमाले कञ्चनपुरको पनि अध्यक्ष रहेका थिए।
विष्ट पक्षबाट उपाध्यक्ष लक्ष्मी बुढा, सचिवमा पल्लबराज भट्ट तथा उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्दको उम्मेदवारी परेको छ ।पातल पक्षबाट उपाध्यक्षमा महेश चन्द, सचिव अशोक चन्द, उपसचिवमा ईश्वरा कुँवर र शेरबहादुर चन्द रहेका छन् ।सदस्य पदमा समेत उम्मेदवारी दर्ता भएका छन् । कञ्चनपुरमा ४९९ प्रतिनिधि मतदाता रहेका छन् ।