धनगढी। नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनकालागि बिहान ८ बजे देखी सुरु भएको मतदान जारी छ। धनगढीस्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा बिहान ८ बजेबाट निर्वाचन सुरू भएको मतदान दिउँसो १ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ। बिहान ११ बजेसम्म एक सय २१ मत खसेको निर्वाचन समितिले जनाएको छ।
जारी मतदानमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् । एमाले कैलालीको नेतृत्वका लागि निवर्तमान अध्यक्षका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा छन्।यसअघि आइतबार बिहान ८ बजेका लागि तोकिएको मतदान निर्वाचन समितिले प्राविधिक कारणले भन्दै दिउँसोसम्म सारेको थियो । तर साँझसम्म मतदान प्रक्रिया शुुरु हुन सकेको थिएन ।मतदानमा ढिलाइ भएको भन्दै प्रतिनिधिहरू आक्रोशित भएपछि महाधिवेशन स्थलमा तनाव सिर्जना भएको थियो । दुुई पक्षबीचको विवादका कारण निर्वाचन समितिले सोमबारसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो।निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार १५० पदमा ३२९ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ। सचिवमा दान बहादुर विक र डेजि पाण्डेको उम्मेदवारी छ । यस्तै उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ। १२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ। खुल्ला तर्फ १२ महिला निर्विरोध निर्वाचित भएका छन्। भूगोलतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट २५, २ बाट ३१ जना, ३ बाट २० जना ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ। ५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५र५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ। महिलातर्फ २ जना निर्वाचित भइसकेका छन्। दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ। राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ। राना थारु तर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन्। पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ। १ पदमा महिला निर्विरोध भएका छन्। मजदुरतर्फ पुरुष र महिला गरि ३ जना निर्वाचित भएका छन्। दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ। अपाङ्गतर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी छ।