धनगढी। सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मान बहादुर धामीले अब छिट्टै बैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम कार्यान्वयनमा आउँने बताएका छन्।
आइतबार धनगढीमा भएको बैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको प्रथम अबिधेशनमा बोल्दै मन्त्री धामीले प्रदेश वन ऐन ल्याइसकेकोले अब छिट्टै बैज्ञानिक वन ब्यवस्थापन लागु गरिने बताएका हुन्। बैज्ञानिक वन दिगो वन ब्यवस्थापन कार्यक्रम समग्र आर्थिक ब्यवस्थापन, गरीबी न्युनिकरणमा सैद्धान्तीक रुपमा भएपनी कार्यान्वयन र ब्यवहारीक रुपमा जान नसकिएको उनले बताए ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री धामीले यस्का लागी चाँडो भन्दा चाँडो कार्यान्वयनमा जान आवस्यक रहेको जानकारी दिए।
उनले भने प्रदेश वन ऐन ल्याइसकेका छौँ, उपनियम वन ऐन आरम्भ भैसकेको छ । अब नियमावली एक दुई दिन भित्रमा बाहीर ल्याउँछौँ, उनले भने । र वनको सन्र्दभमा वन ऐनमै स्पष्ट ब्यवस्था छ उनले भने । वैज्ञानिक वन आफैमा नराम्रो नभएको मन्त्री धामीले बताए। ‘वैज्ञानिक वन नराम्रो हैन, यसको कार्यान्वयन पक्ष फितलो भएकै कारण वद्नाम भएको हो उनले भने,।’
‘वैज्ञानिक वन व्यवस्थापनमा तमामौ समस्या आउनुको मुख्य कारण केही व्यक्ति र केही सीमित संस्थाको गलत मनसायकै कारण भएको हो,’ उनले भने, ‘व्यक्तिगत स्वार्थका कारण नै बद्नाम भएको हो।’ संघीय सरकारले वनलाई पूर्ण अधिकार नदिएको बताउँदै मन्त्री धामीले भने, ‘वन नियमावलीले प्रदेशले चिनेको छैन, सिंहदरबारभित्र बसेका केही व्यक्तिको निहीत स्वार्थका कारण स्थानीय र प्रदेश सरकारले अधिकार पाउन सकेका छैनन्।’ पछिल्लो समयमा वैज्ञानिक वन व्यवस्थापनका नाममा संघीय सरकारले सामुदायिक वनको अधिकार कटौती गरेको पनि उनले आरोप लगाए। वन नियमावलीमा बैज्ञानिक वन दिगो ब्यवस्थापन लागु गर्नुपर्नेछ मात्रै लेखीएको छैन्, बैज्ञानिक वन ब्यवस्थापन गर्नुपर्ने भनेर इङ्गीत गरेर लेखीएको छ, उनले भने ।
त्यसकारण हामीलाई संबिधानले दिएको अधिकार प्रयोग गर्नका लागी संघिय सरकारको ऐन हामीलाई आवस्यक पर्दैन। कानुनहरु पनी आवस्यक पर्दैन । त्यो संबिधान अनुसार राष्टिय वन प्रदेश वन अधिकार सुचिमा छ । त्यसकारण एकल अधिकारमा प्रदेश नियमावली बन्दैछ, त्यो अनुसार कार्यबिधी एक दुई दिन भित्र ल्याउन सम्बन्धित निकायलाई उनले अनुरोध समेत गरे । साथै कार्यबिधी जतीछिटो ल्याए त्यती छिटो नै सधनबाट बैज्ञानिक वन ऐन पारित हुने उनले बताए । त्यस्का लागी आफुले पनी पहल गर्ने उनले जानकारी दिए ।चक्रिय प्रणालीमा वन व्यवस्थापन गर्दा वनको स्थिति सुध्रिएको सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य महेशदत्त जोशीले बताए। उनले भने, ‘वन व्यवस्थापनका लागि गुरुयोजना बनाएर कार्यान्वयन गर्नुपर्छ।’ अहिले सामुदायिक वनका लागि नीति नियम मात्रै नभई वनको रेखदेख गर्ने र दक्ष जनशक्तिको आवश्यकता भएको उनले बताए।
यस्तै कार्यक्रमका अध्यक्ष तथा बैज्ञानिक वन ब्यवस्थापन समितीका केन्द्रीय सल्लाहकार पुस्कल बहादुर बमले बैज्ञानिक वन ब्यवस्थापन लागुगर्न अपरिहार्य रहेको बताए । बैज्ञानिक वन ब्यवस्थापन लागुगर्न अनिवार्य आवश्यक छ र यस्लाई पारदर्शी बनाउनुपर्छ उनले भने। सरकारले कुनै नितीनियम कानुन नबनाई अवस्थीत रुपमा बैज्ञानिक वन ब्यवस्थापन धोषणा गरेको त्यसपछि बैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम सरकारले २०७७ माघ १४ गते खारेज गरेको उनले बताए । उनले भने, अहिले बैज्ञानिक बन भित्र भएका काठ दाउरा बिक्री बितरण तथा उपभोक्तालाई काठ उपलब्ध गराउने कुराहरु आवाज उठीरहेको छ । र अन्य कामहरु पनी हुन नसकेकाले बैज्ञानिक वन ब्यवस्थापन लागु गर्न आवस्यक छ । उनले भने, बैज्ञानिक वन कार्यक्रम युवाका लागी, आर्थिक रुपमा, रोजगारीका लागी अनिवार्य आवस्यक रहेको बताए । सरकारले अहिले दिगो वन ब्यवस्थापन कार्यक्रम ल्याएको र त्यस्को निती नियम पनी छैन् ।
निती नियम नआएकाले वनको दिगो ब्यवस्थापन नहुने र त्यस्ले पर्याप्त काठ तथा दाउरा उपलब्ध नहुने भएकाले बैज्ञानिक वन ब्यवस्थापन नै उपयुक्त हुने उनले जोड दिए । बताए । वैज्ञानिक वनका नाममा अत्यधिक कटान भएको भन्दै सरकारले गत जेठ १४ गते नै वैज्ञानिक वनमा खारेज गरेको थियो । वैज्ञानिक वन कार्यक्रम ७ सय ५० सामुदायिक वन, ३१ साझेदारी र सात चक्लाबन्दी वनमा लागू गरिएको थियो । २०६७ सालदेखि लागु भएको वैज्ञानिक वन व्यवस्थापन सुरुदेखि विवादित बनेको थियो । पछिल्लो समयमा कैलाली, कञ्चनपुर, सिन्धुली, नवलपुर र कपिलवस्तु लगायतका जिल्लामा वैज्ञानिक वन व्यवस्थापनका नाममा वन फंडानी भएको भन्दै उजुरी परेपछि गत १५ जेठमा मन्त्रीपरिषदको वैठकले सालका रुखको कटान, काठ बिक्री वितरण तथा ओसार पसारका सम्पूर्ण काम बन्द गर्ने निर्णय गरेको थियो ।


