काठमाण्डौँ। क्षत्री समाज राष्ट्रिय महासंघको अध्यक्षमा बिष्णुबहादुर खड्का चयन भएका छन् । क्षत्री समाज राष्ट्रिय महासंघको छैटौँ अधिवेशन तथा १९औँ बार्षिक साधारण सभाबाट खड्काको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती गठन गरिएको हो।
शनिवार भएको क्षत्री समाज राष्ट्रिय महासंघको छैटौँ अधिवेशनबाट सहअध्यक्ष रबिन अधिकारी,टेकबिरजङ रायमाझी, यस्तै महासंघको उपाध्यक्षमा जागृती बोगटी सर्वसम्मत चयन भएकी छिन्। कार्यसमितिमा बोगटी सहित सुदुरपश्चिमका ११ जना सहभागी छन् । यस्तै उपाध्यक्षमै सिता बिष्ट कार्की, ज्वाला बिष्ट तेजप्रकास बानियाँल, बिदुरप्रशाद अकौलसया, यस्तै महासचिवमा बहादुरसिंह बिष्ट, सचिव ओमबहादुर रायमाझी,कोषाध्यक्ष बाबुराम थापा सर्वसम्मत चयन भएका छन् ।उपत्यका प्रमुख शिवराम बानियाँ, सह कोषाध्यक्ष कमल खड्का, केन्द्रीय सदस्यहरूमा तिलकबहादुर थापा बाग्लुङ, केसरबहादुर खड्का –काठ, बाबुराम खड्का –सिन्धुपाल्चोक, पुष्माकर महत –काभ्रे, दिपक खड्का –ललितपुर, शुदरसन कडेल–रामेछाप , ऐकबहादुर बुढाथोकी –काभ्रे, प्रकाश रायमाझी –पाल्पा, रहरबहादुर खड्का रौतहट, ईश्वरी अधिकारी (ईशा क्षत्री), माला खड्का –नुवाकोट, दानबहादुर चन्द –बैतडी, लक्ष्मन केसी –बारा प्रबिन धिताल –काभ्रे, साबित्री बोगटी –खोटाङ, हरिश देउवा –धनगढी, गौरी साउँद कन्चनपुर, चण्डीका राया भक्तपुर लगायत सर्वसम्मत चयन भएका छन् ।