धनगढी। नेकपा एमाले कैलालीको अधिवेशनस्थलमा नाराबाजी चलेको छ । निर्वाचन समितिले समयमै मतदान सुरु नगरेको भन्दै प्रतिनिधीहरुले निर्वाचन समितिविरुद्ध नाराबाजीसहित तोडफोड गरेका हुन्। निर्वाचन समितीले आज बिहान साढे ८ बजेबाट मतदान गर्ने कार्य तालिका सार्वजनिक गरेको थियो । तर अहिले सम्म पनि मतदान हुन सकेको छैन ।
दुई पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेपछि आज बिहानदेखि मतदान गर्ने तालिका थियो। तर निर्वाचन समितिले आवश्यक तयारी पूरा नगर्दा मतदान सुरु हुन नसकेको हो। एमाले कैलालीको अध्यक्षमा रणबहादुरचन्द र रतन थापाले उम्मेदवारी दिएका छन्। उनीहरुले प्यानल नै चुनावी मैदानमा उत्रेका छन् । निर्वाचन समितिले आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। सार्वजनिक नामावली अनुसार १५० पदमा ३२९ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ। सचिवमा दान बहादुर विक र डेजि पाण्डेको उम्मेदवारी छ । यस्तै उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ।
१२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ। खुल्ला तर्फ १२ महिला निर्विरोध निर्वाचित भएका छन्। भूगोलतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट २५, २ बाट ३१ जना, ३ बाट २० जना ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ। ५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५र५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ। महिलातर्फ २ जना निर्वाचित भइसकेका छन्। दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ। राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ। राना थारु तर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन्। पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ। १ पदमा महिला निर्विरोध भएका छन्।


