काठमाडौँ । नेकपा एमालेको जारी जिल्ला अधिवेशनका क्रममा १६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार शनिबार साँझसम्ममा १६ जिल्ला कमिटीका अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । केही जिल्लामा भने बन्दसत्रको छलफल लम्बिदा नेतृत्व चयनमा ढिलाई भएको छ ।एमाले युवा नेता रिजालका अनुसार १६ जिल्लाका नयाँ अध्यक्षहरुको सूची सार्वजनिक गरिएको छ ।
यी हुन् सर्वसम्मत नेतृत्व चयन भएका जिल्लाः
१. झापा– दीपक कार्की
२. पाल्पा– धनेन्द्रराज घिमिरे
३. दाङ– हुकुमबहादुर बस्नेत
४. डोल्पा– शेरबहादुर बुढा
५. सल्यान– गोविन्द पुन
६. बर्दिया– लालबहादुर श्रेष्ठ
७. बाँके– किस्मतकुमार कक्षपति
८. धादिङ– भूमि त्रिपाठी
९. अर्घाखाची– पीताम्बर भुसाल
१०. मोरङ– ऋषिकेश पोखरेल
११. काभ्रे– अशोक ब्याञ्जु
१२. भक्तपुर– बचन देउजा
१३. गुल्मी– बालसिंह काउछा
१४. खोटाङ– रामप्रसाद दंगाल
१५. सप्तरी– ताराकान्त चौधरी
१६. तनहुँ– श्रीप्रसाद श्रेष्ठ
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष– उमेश ढकाल