कैलाली । कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १२ मा युवा नेता खडक नागरीको पहलमा स्थानीयले खानेपानीको सुबिधा पाएका छन् । खानेपानीको ठूलो समस्या रहेको कैलालीको गोदावरीनगरपालीका वडा नम्बर १२ मा नेपाल परिवार दलको तर्फबाट १६०० मिटर पाइप उपलब्ध गराएपछि स्थानियले खानेपानी र सिचाइको सुविधा पाएका हुन् ।
परिवार दलका युवा नेता खडक नागरीले खानेपानीको ठूलो समस्या भोग्दै आएका स्थानियलाई अहिलेसम्म कुनै राजनीतिक दलले कुनै चाँसो नदेखाएकोले आफु र परिवार दलको तर्फबाट सहयोग गरेको बताएका छन् । उनले भने आज शनिवार विशेषदिनको अवसर पारेर सोही ठाउँमा ३ बर्षपछि अनुगमन गर्यौँ । आफू र नेपाल परिवार दलको तर्फबाट १६०० मिटर पाइप दिएको ३ सालपछि अनुगमन गरेको बताए । यो ठाउँ नगरपालिका हो, यता खाने पानीको ठूलो समस्या छ मैले गर्दा यताक जन्ताले खाने पानी पाएका छन र सिचाइ गर्न पाएका छन उनले भने । अहिलेसम्म कुनै राजनीतिक दलले कुनै चाँसो नदेखाएको हुदा आफ्नो पहलमा पाइप उपलब्ध गराइएको जानकारी दिए । यस क्षेत्रका पिडित एकदमै खुसी छन् उनले भने । स्थानीयले खानेपानी र सिचाँई पाएपछि परिवार दलका युवा नेता खडक नागरीलाई नैतिक भौतिक रुपमा सहयोग गर्ने बाचा गरेका छन् । साथै आगामि दिनमा पनि सहयोगको आशा गरेका छन । युवा नेता खडक नागरीले पनि आफु र पार्टीको तर्फबाट साधै सहयोग गर्ने प्रतिबद्यता गरेका छन्।