दार्चुला। दार्चुलाको लेकम गाउँपालिकामा तालाबन्दी गरिएको छ । लेकम गाउँपालिकाको कार्यालय रातामाटामा नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दार्चुलाका कार्यकर्तालेहरुले तालाबन्दी गरेका हुन्।
गाउँपालिकाले व्याप्त भ्रष्टाचार,कमिसन खोरी,अनियमितता,कर्मचारीको सरुवा लगायत अन्य गैर कानुनी काम गरेकाले तालाबन्दी गर्न बाध्य भएको विप्लप लेकम गाउँपालिकाका इन्चार्ज भुवन जोशीले बताए ।