काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । एमालेले प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ । अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेको स्रोतको भनाइ छ।
यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । पौडेलसँगको छलफल पनि सकारात्मक नभएपछि संयन्त्रले यो जिम्मा प्रधानमन्त्रीलाई नै दिएको थियो। एमालेले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका सांसद उपस्थित भएको संसद र बैठकहरूमा उपस्थित नहुने अडान राख्दै आएको छ । अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टी अवैध रहेको दाबीसमेत गरेका छन् ।