धनगढी। हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको १४औँ वार्षिकोत्सबको अबसरमा दृष्टि फाउन्डेसनलाई खाध्यान्न तथा नगद सहयोग गरिएको छ। सहकारी संस्था लिमीटेड धनगढीको १४औँ वार्षिकोत्सब २०७८ को अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत
धनगढी ८ स्थित दृष्टि फाउन्डेसनलाई रु ८ हजार ६०० बराबरको खाध्य सामाग्री र रु ५ हजार १ सय ५५ नगद फाउन्डेसनलाई सहयोग गरिएको हो।हिमशिखर बहुउद्देश्यीय सहकारीको तर्फबाट संस्थाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले दृष्टि फाउन्डेसनकि सदस्य तुलसी भट्टलाई हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष रोशन सिंह, सचिव बिमल कुमार जोशी, कोषाध्यक्ष लक्ष्मिराज भट्ट, सदस्य बिष्णु देवी पुरी, प्रवन्धक महेन्द्र शाही लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडको पौष २५ गते साधारण सभा हुँदै छ ।
हिमशिखर सहकारीको १४औँ वार्षिकोत्सबको अबसरमा दृष्टि फाउन्डेसनलाई खाध्यान्न तथा नगद सहयोग
हिमशिखर सहकारीको १४औँ वार्षिकोत्सबको अबसरमा दृष्टि फाउन्डेसनलाई खाध्यान्न तथा नगद सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु