धनगढी।धनगढीमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ।
धनगढी उपमहानगर ३ त्रिनगर भन्सार स्थित सु.प.प्र.०१-००१ख २८५६ नम्बरको खालि ट्रक पार्किङ गर्ने क्रममा पैदल यात्री श्रीमाया गुरूङ घाइते भएकी थिइन्।
घाइते भएकीधनगढी उपमहानगर ३ बडहराकी ६५ वर्षीया गुरूङको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारको क्रममा बिहीबार बेलुकी उनको निधन भएको हो। ट्रक चालक भने फरार छन्। ट्रक प्रहरी नियन्त्रणमा छ।