कैलाली। कैलालीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका ९ धनचौरीमा ट्याक्टरको ठक्करबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मौरीफाटा बस्ने ४० बर्षिय करन भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहिबार राती उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको रा १ त ४६५३ नम्बरको ट्याक्टरले धनचौरीको भित्री सडकमा ठक्कर दिदाँ भट्टराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले ट्याक्टर चालक धनगढी उप–महानगरपालिका ६ जाली बस्ने बिर बहादुर चौधरीलाई ट्याक्टर सहित नियन्त्रणमा लिएको जनाएको छ। भने घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।