धनगढी। नेपाली कांग्रेस कैलाली जिल्ला सभापतिमा भिम बडुवालले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कैलाली सभापति पदका लागि बडुवालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रमा आगामी निर्वाचनमा पार्टीलाई जिताउन आफूले उम्मेदवारी दिएको उनले बताए । उनले जिल्लामा रहेका क्रियाशिल सदस्यहरुको स्वाभीमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने प्रयत्न गर्ने बताए । गुट बन्दी मुक्त कांग्रेसका निमीत्त युवा जागरण मेरो अभियान गर्ने उनको भनाइ छ।
जिल्ला सभापतिमा आफूले पहिलो चरण मै चुनाव जित्ने उनको दावी छ । कैलालीमा माघ १५ गते जिल्ला अधिवेशन हुँदैछ । उनले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्य एजेण्डाहरुमा जिल्लामा रहेका क्रियाशिल सदस्यहरुको स्वाभीमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने प्रयत्न गर्ने, गुट बन्दी मुक्त कांग्रेसका निमीत्त युवा जागरण मेरो अभियान सञ्चालन गर्ने,आउने निर्वाचनहरुमा पार्टीलाई कम्तीमा पनि दुईतिहाइ स्थानमा जिताउने प्रयत्न गर्ने,पार्टीका कार्यकर्ताहरुलाई विकास निर्माणका एजेण्डामा लगाउने,हरेक जात जातिका बिचमा सद्भाव कायम गराउने प्रयत्न गर्ने योजना रहेको बताएका छन्।
यस्तै भातृ संगठनहरुलाई क्रियाशिल र चुस्त दुरुस्त बनाउने, पार्टी कार्यालय व्यवस्थीत गरी हरेक कार्यकर्ताको गुनासो र समस्याको समाधान गर्ने,भष्टाचार बिरोधी अभियानलाई तिव्रता दिने, पार्टी भित्र तलै देखि समावेशीता, पार्टीमा मुल्य -मान्यता, नितिको प्रधानता मेरो प्रतिवद्धता हुने बताएका छन्।