कैलाली। कैलालीको अत्तरियामा रहेको एक पसलमा ट्रक पसलभित्रै छिरेको छ। कैलालीको गोदावरी नगरपालिका – १ अत्तरिया बजारमा रहेको एक पसलमा ट्रक बिहीवार दिउँसो पसलभित्र छिरेको हो।
अत्तरिया बजारमा विष्णु आयल निगममा डिजेल हाल्न गएको ना ६ ख ४६१९ नम्बरको ट्रक अनियन्त्रित भएर ट्रक महारुद्र इन्टरप्राइजेजमा छिरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रक चालक नरेन्द्र भट्टले मादक पदार्थ सेवन गरेकाले सो दुर्घटना भएको थियो।
दुर्घटनामा कुनै मानविय क्षति नभएको प्रदेश ट्राफिक कार्यालयले जानकारी दिएको छ। चालक र ट्रक इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।