धनगढी।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र भएको बताएका छन् । आज बिहीबार धनगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा तथा पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन्।
उनले अहिलेका राजनीकि दलका नेताहरुले राजनीतिलाई पैशा कमाउने पेशा बनाएको प्रति आक्रोश व्यक्त गरे । अब ति काँग्रेस कम्न्युष्टका बिरुद्ध भण्डाभोर अभियान गर्नुपर्ने बताएका छन् । यसको राप्रपाले कडा प्रतिबाद गर्छ यसका बिरुद्धमा सडक संघर्ष सम्म पनि जान कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन् ।
अध्यक्ष लिङ्गदेनले राप्रपा पार्टीमा जसरी नेतृत्व परिवर्तन ग¥यो त्यसरी जनमतको कदर गर्दै अब देश शत्ता परिवर्तन गर्ने समेत चेतावनी दिएका छन् । देश बिग्रीए संगै लाखौ युवाहरुको भविश्य पनि अन्धाकार तर्फ धकेलिदैछ त्यसैले सबै एकजुट भएर परिर्वतनको पक्षमा लाग्न समेत लिङ्गदेनले आग्रह गरेका छन्।यस्तै अध्यक्ष राजेन्द्र लिङ्देलले काङ्ग्रेस र कम्युनिस्टको विकल्प खोज्न जनतालाई आग्रह गरेका छन् ।
‘अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बद्ला लिने मौका आउँछ’, उनले भने ।, ‘निर्वाचनमा काङ्ग्रेस, कम्युनिस्टको विकल्प खोजौँ । यिनीहरूको पञ्जाबाट मुलुकलाई मुक्त गरौँ ।’ अध्यक्ष लिङदेलले अब राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको बताएका छन् ।
।


