कैलाली। कैलालीमा कल्वट मुनि मोटरसाइकलले च्यापिएको अवस्थामा एक जना मृत फेला परेका छन्। आज बिहान कैलालीको लम्किचुहा नगरपालिका ७ चाङ्गाबाडीस्थित ग्राभेल रोडको कल्वट मुनि लम्किचुहा ७ बस्ने २७ वर्षका रमेश चौधरी मोटरसाइकलले च्यापिएको अवस्थामा मृत फेला परेका हुन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से३प ६१३५ नम्बरको आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई कल्भर्डबाट खसेको हुनसक्ने प्रहरीको अनुमान छ। सोही मोटरसाइकले च्यापिएर उनको मृत्यु भएको अनुमान समेत प्रहरीले गरेको छ। मृतक चौधरी २१ गते राती करिब १० बजे बजे तिर घरबाट हिडेको आफन्तले बताएका छ्न।
लम्की चुहा ७ का वडा अध्यक्ष हरिराम चौधरीले दिएको जानकारी अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको भन्ने आशंका गरिएको छ । घटनाका बरेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।