धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आज धनगढी आउने भएका छन्। आज बिहीबार धनगढीमा हुने राप्रपाको आमसभालाई संवोधन गर्न लिङ्देन धनगढी आउन लागेका हुन।
आज दिउँसो १२ बजे धनगढीको पार्क मोडमा हुने राप्रपाको आमसभालाई अध्यक्ष लिङ्देनसहित पार्टीका बरिष्ठ नेता डाक्टर प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महासचिव धवलशमशेर राणा र भुवन पाठक तथा केन्द्रीय सदस्य जयन्त चन्दले संवोधन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।