दार्चुला।नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीले नेकपा एकीकृत समाजवादीपार्टी देशकै एक नम्बर पार्टी बनाउँने बताएकी छिन्। नेकपा एकीकृत समाजवादीले दार्चुलाको मार्मा गाउँपालिकाको प्रथम भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।
मन्त्री जोशीले देशकै एक नम्बरको पार्टी बनाउने अध्यक्ष माधब नेपालको सपना सकार गर्न आफुले नेकपा एकीकृत समाजवादी रोजेको भनिन्। अर्को प्रसंगमा बोल्दै उनले भनिन्,’केन्द्रमा केपी ओली र दार्चुलामा गणेश ठगुन्ना एकतन्त्रीय भएकाले जिल्लामा नेता जन्माउन र नेतृत्व हस्तान्तरण गर्न नसकेका ठगुन्नाले केपी प्रवृत्ति रोजेको हो।’नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीको प्रमुख आतिथ्यतामा मार्मा गाउँपालिकाको प्रथम गाउँपालिका भेला भएको हो।
यस्तै नेकपा एकीकृत समाजवादीले दार्चुलाको मार्मा गाउँपालिकाको प्रथम भेलाबाट जगतसिंह बिष्ट (सोबन) गाउँ कमिटी अध्यक्षमा सर्बसम्मत चयन भएका छन्। उपाध्यक्षमा बिसन सिंह धामी र हरक सिंह बिस्ट,सचिवमा हेमराज जोशी सहित ३७ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको छ। भेलामा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य ईन्द्रसिंह बिष्ट, प्रदेश कमिटी सदस्य गणेशकुमार जोशी, जिल्ला कमिटी अध्यक्ष बिरबहादुर ठगुन्ना लगायतका अन्य नेताहरुको आतिथ्यता रहेको थियो। दार्चुलाका नौ स्थानीय तहमध्ये तिन स्थानीय तहमा संगठन विस्तार गरिएको छ । मार्मा गाउँपालिकाको कमिटी गठन गरिएसंगै हालसम्म नौगाड अपिहिमाल गाउँपालिकामा पालिकास्तरीय कमिटी गठन गरिएको छ । गठन गरिएका सबै पालिकामा शैल्यशिखर नगरपालिका,महाकाली नगरपालिका,मालिकार्जुन गाउँपालिका,लेकम गाउँपालिका, व्यासँ गाउँपालिका र दुहुँ गाउँपालिकामा पनि केही दिनभित्रै नेतृत्व चयन गरिने जिल्ला कमिटी अध्यक्ष बिरबहादुर ठगुन्नाले बताए।