धनगढी। काङ्ग्रेस कैलालीको सचीवमा केशब मिश्रले उम्मेदवारी घोषणा गरेका छन्। आज धनगढीमा पत्रकार सम्बेलन आयोजना गर्दै उम्मेदवारी दिएको घोषणा गरेका हुन् । काङ्ग्रेसलाई सशक्त बनाउन उम्मेदवारी दिएको बताउँदै मिश्रले नेपाली काङ्ग्रेस समस्टिगत रुपमा मजबुत बनाउन उम्मेदवारी घोषणा गरेको छु।
उनले भने, पार्टीका तथा हरेक काम यहाँका हरेक मुद्दा उठाएको छु । पार्टीका हरेक संघसंगठन लाई मजबुत बनाउन प्रयत्न गर्न मैले सचीव पदमा उम्मेदवारी घोषणा गरेको हुँ। लामो समय देखि काङ्ग्रेसका काममा जोडिएको मान्छे र काङ्ग्रेसको अभियानमा निरन्तर हिन्ने सिपाही हु। मैले जहाँ उभिए त्यहा सबैका मनोभावना समेटेर काम गरेको छु ।
काङ्ग्रेसको रुपान्तरण र पुस्ता हस्तान्तरणमा पनि म पात्र बन्न सक्छु। मेरो क्षमता सबैले देख्नुभएको छ मेरो जित्ने आधार यहि हो। अहिले सम्म एउटै बिचार समुहको साथीहरू चुनाबमा होमिएकाले सहमतिमै नेतृत्व चयन हुन सक्ने सम्भावना छ। सहमति न भए प्यानल बन्छ। अहिले नेतृत्व गरिरहेको शेर बहादुर देउबाकै टिम बाट चुनाब लड्छु । सके सर्बसम्मत हुन्छ न भए चुनाब हुन्छ।
म २०५४ सालबाट बिध्यार्थी राजनीतिमा प्रबेस गरेको मान्छे हु। मैले विभिन्न ठाउमा नेतृत्व लिएर काम गरेको छु। विद्यार्थी राजनीतिमा केन्द्रिय सदस्य सम्म भए त्यसपछी नगर सचीव सङ्गै कैलाली जिल्ला सदस्य भएर विद्यार्थी बिभाग प्रमुख भएर पनि काम गरे त्यसकारण म टिममा पर्छु र चुनाब जित्छु । मैले सस्थापन पक्षलाई बलियो बनाउन धेरै काम गरेको छु धेरै अवशर नि गुमाएको छु। त्यसकारण म टिममा पर्छु उनले भने।


