कैलाली। कैलालीमा लागुऔषधसहित एकजना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका १ बाट सोमबार साँझ ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र प्याकुरेल रहेका छन्। उनको साथबाट १० ग्राम लागुऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका प्याकुरेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।