दार्चुला। चिसोलाई मध्यनजर गर्दै दार्चुलाको एक पालिकाका विद्यालय १० दिन बन्द हुने भएका छन। दार्चुलाको महाकाली नगरपालिकाका सबै विद्यालयहरु १० दिन बन्द हुने भएका हुन।
नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै यही पुष २५ गतेदेखि माघ ४ गतेसम्म त्यहाँका विद्यालयको पठनपाठन बन्द हुने जनाएको हो। बढ्दै गएको चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने भएकाले सामुदायिक र संस्थागत विद्यालयलाई पठनपाठन बन्द गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।