धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले हामीले जतीसुकै बिकासको क्रममा अघि बढेपनी हामीले आफ्नो मौलिक संस्कृतिलाई भुल्न नहुने बताएका छन्।
धनगढीको खुलामञ्चमा बाजुरेली सेवा समाज धनगढीले आयोजना गरेको भुवा पर्व तथा देउडा कार्यक्रमको उद्घाटन गर्दै उनले संस्कृती सबैकालागी अपरीहार्य रहेको बताएका हुन् । उनले भने,“हामी जतिसुकै विकासको क्रममा अगाडी बढेपनि हामीले हाम्रो संस्कृतिलाई भुल्नु हुँदैन भने,“कुनै पनि देश समाज र कुनै पनि मानव समाजका निम्ति संस्कृतिको महत्त्वपूर्ण भूमिका रहने उनले जानकारी दिए।यदि हामीले संस्कृतिलाई बचाई राख्ने हो भने आफ्नोपन पहिचान रहिरहने भएकाले संस्कृतिलाई हामीले जसरी पहिले चलाएका थियौँ, त्यसरी अहिले पनि संस्कृतिको जर्गेना गर्नुपर्ने उनले बताए। सुदूरका पहाडी जिल्लामा भुवा पर्वको छट्टै पहिचान रहेको बताउँदै उनले धनगढीमा पनि भुवा पर्वलाई स्थान दिएकोमा बाजुरेली सेवा समाजलाई धन्यवाद व्यक्त गरे। यस्तै धनगढी उपमहानगरपालीका प्रमुख नृप बहादुर वडले भुवा पर्वको ब्यापक प्रचार प्रसार गर्न आवस्यक रहेको बताए । भुवा पर्व सबैको साझा पर्व भएकाले यो संस्कृतीको बिकासमा सबैले साथ सहयोग गर्नुपर्ने बताउँदै सबैमा शुभकामना ब्यक्तगरेका छन्।
सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा भव्य रूपमा मनाईदैछ । भूवा पर्व हरेक वर्ष पुस औँसीबाट सुरु हुन्छ। तरवार, ढाल नचाउँदै दमाहाको तालमा देउडा र मागल गीतका साथ खेलिने भुवा पर्वले धनगढीमा बेग्लै पहिचान बनाइसकेको छ। द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरवार र ढाल नचाउँदै खुशीयाली मनाइएको र त्यसैको सम्झनामा भुवा खेल खेल्ने चलन रहेको छ ।यसै बिच प्रदेश सरकारले सुदूरपश्चिमका तीन जिल्ला बाजुरा, अछाम, बझाङमा आज आइतवार सार्वजनिक बिदा समेत दिएको छ ।