धनगढी। कैलालीको धनगढीमा जुवा खेलिरहेको अबस्थामा ७ जना पक्राउ परेका छन् । शनिवार राती ९ः२० बजेको समयमा धनगढी उपमहानगरपालिका ८ बस्ने बर्ष ३६ को टेकराज खनालको घरमा जुवा खेलिरहेको अबस्थामा ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सो घरमा निम्न स्थान बस्ने बिभिन्न ब्यक्तीहरु जुवातास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटीएको प्रहरी टोलीले रु ४२ हजार ६ सय ८५ नगद सहित जुवाडेहरुलाई पक्राउ गरीएको हो ।
पक्राउ पर्नेमा कैलाली गौरीगंगा नगरपालीका १० बस्ने बर्ष २६ को भुमिराज चौधरी, सोही ठाउँ बस्ने बर्ष २५ को अरबिन चौधरी, ३२ बर्षिय रमेश कठरिया, २८ बर्षिय ज्ञानेन्द्र कठायत, यस्तै कैलारी गाउँपालीका ८ बस्ने बर्ष ३६ को भिकराम चौधरी,सोही ठाउँ बस्ने ३६ बर्षिय टेक बहादुर साउद र धनगढी उपमहानगरपालिका ८ बस्ने ३६ बर्षिय टेकराज खनाल पक्राउ गरीएको कैलाली प्रहरीले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।