काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन्। नेपाल पर्यटन बोर्डको २३औं वार्षिकोत्सवमा मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका हुन् ।
उनले हाल छानबिनका क्रममा रहेका बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)धनञ्जय रेग्मी माथि लक्षित गर्दै व्यापारिक मनोवृत्तिका मानिस बोर्डको सीईओ हुनु उपयुक्त नभएको बताए। यता सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनञ्जय रेग्मीलाई निलम्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न बिहीबार अन्तरिम आदेश दिएको छ।
पुस २ मा बसेको बोर्ड सञ्चालक समितिको बैठकले सीईओ रेग्मीमाथि छानबिन गर्नका लागि उपसमिति गठन गर्दै निलम्बन गरेको थियो । बोर्डको निर्णयविरुद्ध रेग्मी अदालत गएका थिए । सीईओ रेग्मीले असोजमा विदेशबाट फर्किंदा तोकिएको भन्दा बढी मदिरा ल्याएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा मन्त्रालयले छानबिन गरिरहेको छ ।