धनगढी। नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्प राज कुंवर मानबसेवा आस्रमको दोस्रो भोजनसेवा आजिबन सदस्य बनेका छन्।
धनगढीको मानब सेवा आस्रमको भजनसंध्यामा उनले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरि आस्रमको दोस्रो भोजनसेवा आजिबन सदस्य बनेका हुन् । कार्यक्रममा सहयोग गर्ने दानदाता र सहभागी सम्पुर्ण प्रती उच्च सम्मान सहित हार्दिक आभार मानबसेवा आस्रम धनगढी अभिभाबक सिद्धराज पनेरुले ब्यक्त गरेका छन्।
सबैका लागी खाना, नाना र छाना हाम्रो चाहाना भन्ने नारा सहित मानस सेवा आश्रम गरिमा लक्ष्मीनारायण बालगोपाल (जिउदा देवताहरुको) भोजनका लागी भजन सन्ध्या आज सञ्चालन भएको थियो । भजन गायक दिनेश बलम्पाकी मगर एव सिँगो राष्टिय परोपकार भजन संस्कृतनको बिशेष प्रस्तुती समेत रहेको मानबसेवा आस्रम धनगढी अभिभाबक पनेरुले जानकारी दिए । भजन सन्ध्या कार्यक्रम दिउँसो साढे २ देखी साँझ ६ बजेसम्म सञ्चालन भएको थियो ।