धनगढी। नेपाल दलित मानव अधिकार एकता मञ्च गठन गरिएको छ। आज धनगढीमा एक कार्यक्रमका बिच दलित समुदायको हकहित र अधिकार रक्षाको लागी” नेपाल दलित मानव अधिकार एकता मञ्च “समिति गठन गरिएको हो।
समितिको अध्यक्षमा निकिता वड चयन भएकी छिन् । यस्तै उपाध्यक्षमा अमित सार्की ,सचिवमा मेनका वड ,कोषाध्यक्षमा किरण आउजि चयन भएका हुन् । मञ्चको सदस्यमा किरण आउजी, कुसुम बि सी , प्रतीक्षा नेपाली गरी सात सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै मञ्चको सल्लाहकारमा दीपक सुनार, रामबहादुर बिक र नरबहादुर वड रहेका छन्।नेपाल दलित मानव अधिकार एकता मञ्चले समाजमा मुनाफा रहित र जनहितको लागि काम गर्ने दीपक सुनारले बताए । छुवाछुत र विभेद अन्य गर्न सामाजिक आर्थिक रूपमा पिछडिएको दलित जनजाति महिला बालबालिकाहरूलाई सिपमूलक तालिम समेत मञ्चले प्रदान गर्ने सुनारले बताए