धनगढी। जनता समाजबादी पार्टी नेपालले धनगढी उपमहानगरपालीकामा आफ्ना कमीटी बिस्तारलाई तिब्रता दीएको छ । कमीटी बिस्तारका क्रममा आज धनगढी उपनगरपालिका २ मा कीसन भण्डारीको अध्यक्षतामा १७ सदस्यीय कमिटी बिस्तार गरेको हो ।
समितिको उपाध्यक्षमा देब साउद र मणि जोशि रहेका छन भने सचिब र कोषाध्यक्ष वडाको पहिलो बैठकबाट मनोनित गरीने जनाईएको छ । जसपा धनगढी नगर २ का जेष्ठ सदस्य बिनोद बिष्टको अध्यक्षतामा सम्पन्न भएको वडा भेलामा प्रमुख अथिति पार्टिका केन्द्रीय सदस्य मीनराज वडु, बिषिस्ट अथिति प्रदेश सदस्य बिनोद चन्द, नगर सचिवालय सयोजक हेमराज पन्त रहेका थिए ।
उक्त भेलालाई सम्वोदन गर्दै प्रमुख अथिति बडुले उपमहानगरपालिका भित्र रहेको चरम भ्रस्टाचार, आर्थिक बेथिति र सामाजिक सुरक्षा सुनिश्चता को आन्दोलनको नेत्रित्व जसपाले गर्ने भएकाले जसापमा यूवा नेत्रित्व आबश्यक रहेको वताए। सघियता, सुसासन, समृद्धि र समाजबादको नेत्रित्व यूवाहरुको काधमा आईपरेकोले गाउ टोल नगर जिल्ला सबैतिर जसपा पार्टि घर दैलोमा रहेको पार्टिका नगर सचिवालय सयोजक पन्तले बताए। यस्तै कार्यक्रममा बिभिन्न पार्टि परीत्याग गरी जसपा पार्टि प्रबेस गरेका २ सय जनालाई प्रमुख अथिति बडु र नगर सचिवालय सयोजक पन्तले सयूक्त रुपमा टिका र खादा लगाएर स्वागत गरेका थिए ।