धनगढी। सुदुरपश्चिम प्रदेशका अण्डा तथा पोल्ट्री ब्यवसायमा आबद्ध किसानहरुले राज्यबाट प्रदान गरिने सेवा सुबिधा नपाएका बताएका छन् । आज कैलालीको धनगढीमा आयोजित ९ औँ राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा उनीहरुले राज्यबाट प्रदान गरिने सेवा सुबिधाका साथै लगानी बातावरण नपाएको बताएका हुन्।
सरकारले किसानका लागी कृर्षि क्रान्तीका लागी बिभिन्न योजना तथा कार्यक्रमहरु धोषणा गरेपनी कार्यान्वयन नभएको उनीहरुले बताएका हुन। कृर्षि तथा पोल्ट्री ब्यवसायमा आबद्ध किसानहरुका लागी लगानी,आधुनिक प्रविधि, अनुदान सहयोग, कृषकलाई मागमा आधारित तालिम तथा क्षमतामा बृद्धिको व्यवस्था, प्रोत्साहन कार्यक्रम धोषणामै सिमित राखेकोे उनीहरुको भनाई छ।
यस्तै किसानका लागी व्यवसायीकरण तथा बजारीकरण र प्रतिस्पर्धी बनाई अन्य प्रदेशमा निर्यात, व्यवसायिक पशुपन्छीपालन सिकाई, पशुजन्य उत्पादन तथा उत्पादकत्व बृद्र्धि गर्न सरकार गम्भिर नभएको उनीहरुको आरोप छ । एकातिर किसानहरुले राज्यबाट धेरै सेवा सुबिधा आशा राखेपनी अझै किसानहरुले त्यो अनुसार सेवा सुबिधाहरु पाउन सकेका छैनन् । अर्कोतिर सरकारले कृर्षी क्षेत्रमा जती लगानी गर्नुपथ्र्यो त्यो अपुरो रहेको र लक्षीत बर्गसम्म नपुगेको पोल्ट्री व्यवसायी प्रेम भट्टको भनाई छ । पोल्ट्री क्षेत्रमा कुल ग्रास्त उत्पादनमा पोल्ट्री ब्यवसायीको ठुलो योगदान रहेपनी भारतबाट खुलासिमानाका कारण आयातित पोल्ट्री जन्यबस्तुका कारण स्थानिय स्तरमा उत्पादन भएको बस्तुले बजार नपाउने गर्दा किसान समस्यामा रहेको पोल्ट्री व्यवसायी भट्टले जानकारी दिए । हुनत सुदूरपश्चिम सरकारसँग भने प्रदेशको कूल माग र उत्पादनको अवस्थाबारे यकिन तथ्यांक समेत छैन।
पोल्ट्री व्यवसायतर्फ युवा पुस्ताको समेत आकर्षण बढ्दै गएको छ । तर पछिल्लो समयमा लगानीकर्ताको पनि संख्या धेरैरहेपनी यस क्षेत्रको उत्पादनलाई उचित रुपमा बजारीकरण गर्न सके मासु तथा अण्डा निर्यात गर्न पनि सुदूरपश्चिम सफल हुने देखिएको छ । अब राज्यले किसानहरुको दायीत्व बुझ्नुपर्ने र पोल्ट्री ब्यवसाय बजारको मात्रै व्यवस्थापन गर्नुपर्ने अर्का व्यवसायी पहल देउवाको भनाई छ । भारतबाट पोल्ट्रीजन्य पदार्थ आयातले नेपाली व्यवसाय र किसानहरू समस्या परेको कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीका अध्यक्ष भुवन पाण्डेले बताए । कोरोना संक्रमणको समयमा धराशायी व्यवसायलाई माथि उकास्न, कुखुरा तथा अण्डाबाट आत्मनिर्भर बनाउन र कुखुरा तथा अण्डाको मानव स्वास्थ्यमा उपयोगिताबारे जानकारी गराइने उनले बताए । ब्रोइलर कुखुराको हकमा भने सुदूरपश्चिम प्रदेश पूर्णरूपमा आत्मनिर्भर भए पनि अण्डाको माग भने धेरै रहेको पाण्डेले बताए।
यता सुदुरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर मदन सिंह धामीले प्रदेशमा ब्रोइलर कुखुराको उत्पादन निरन्तर भैरहेकोले माग भन्दा उत्पादन बढी भएको बताए । जसका कारण किसानलाई मुल्यमा प्रतिस्पर्धा गर्न समस्या छ उनले भने । यस्का लागी कच्चा पदार्थ तथा उपभोग र गुणस्तरलाई बढाउनुपर्ने आवस्यक रहेको छ। सुदुरपश्चिम सरकारले किसानहरुका लागी कृर्षि रिण ब्याजको अनुदान, बिद्युत महसुल, भन्सार महसुल तथा नमुना गाउँ कार्यक्रममा ह्याचरी सर्पोटका कार्यक्रमहरु राखिएको उनले बताए । पोल्ट्री ब्यवसायी सँग मिलेर ग्रामिण क्षेत्रमा रोजगारी प्रदान गर्ने, बजारीकरणलाई पहिलो प्राथमिकता दिदै कुखुरा पालनलाई सुधारको लागी ठूला मिट मार्टहरु सञ्चालन भएको मन्त्रालयका सचिव डाक्टर धामीले बताए।
यस्तै मासुपसलहरु सुधारमा ल्याउने र भारत तथा खुलासिमानाकाबाट अबैध आयातलाई रोक्ने सुदुरपश्चिम सरकारले पहल गर्ने उनले भने । यस्तै सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारालामा तामाङले पोल्टी ब्यवसायमा लागेका किसानहरुले समस्याको पहिचान गरी त्यस्लाई कसरी समाधान गर्नुपर्छ त्यसतर्फ ध्यान दिनुपर्छ । सबै पशुपन्छि पालक किसानले प्रदेश सरकारले गर्नुपर्ने कार्यका लागी उपयुक्त सुझाब दिन आग्रह गरे । त्यस्मा प्रदेश सरकार तयार रहेको छ, बजेट रिण, अनुदान लगायत न्य सहयोग गर्न हामी तयार छौँ उनले भने । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराज केसीले देशभरका व्यवसायी एक ठाउँमा उभिएर समस्याको खोजी गरेको बताए । व्यवसायीको एकताले गर्दा नै उनीहरुको समस्यामा राज्यको ध्यानाकर्षण हुने उनले बताए ।