धनगढी। कैलालीमा लागुऔषध ( खैरो हिरोईन ) मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कैलाली जिल्ला अदालतबाट लागु औषध(खैरो हिरोईन) मुद्दामा मिति २०७८ बैसाख ७ गते ३ महिना २१ दिन कैद फैसला भई फरार रहेका प्रतिबादी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कैलालीको बर्दगोरीया गाउँपालिका १ बस्ने २३ वर्षीय योगेश स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्वारलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीको धनगढी उप-महानगरपालिका १ बजारबाट आज पक्राउ गरेको हो । पक्राउ पछि कैलाली जिल्ला अदालत कैलालीमा पेश गरी कैद भुक्तानको लागि कारागार सुरक्षा गार्ड कैलालीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।