कञ्चनपुर। कञ्चनपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना युवकको मृत्यु भएको छ।
कञ्चनपुरको बैलौरी कलुवापुर सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा कञ्चनपुर कृष्णपुर नगरपालिका ५ गुलरियाका १८ वर्षीय विमल रानाको मृत्यु भएको हो।
जिल्लाको बेलौरी नगरपालिका ५ रामनगरमा कलुवापुरबाट बेलौरी तर्फ जादै गरेको सुपप्र ०१००९ प ३७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल बिहिवार एक आपसमा ठोक्किदाँ गम्भीर घाइते भएका रानाको उपचारका क्रममा मृत्यु भएको हो ।बेलौरी तर्फ जादै गरेका राना मोटरसाइकल ठोक्किदाँ गम्भीर घाइते भइ बेलौरी स्थित इशान मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।