काठमाडौँ। ठगी मुद्दामा मुछिएका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको काठमाडौं जिल्ला सहकारी कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए। सिभिल ग्रूपका पूर्वअध्यक्ष तामाङसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले पक्राउ गरेको थियो ।
इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराध मुद्दा
मुद्दाको अन्तिम टुंगो नलागेसम्म तामाङ थुनामै रहनेछन् । तर उनले जिल्ला अदालतको आदेशलाई पाटन उच्च अदालतमा चुनौती दिनसक्ने कानुनी व्यवस्था छ । तामाङ, उनकी पत्नी र छोरीसहित ४२ जनाविरुद्ध ठगी मुद्दा दायर भएको थियो। सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै सिआइबीले असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । तामाङ दोस्रो संविधान सभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए ।