धनगढी। सुदुरपश्चिमका किसान समयमै पानी र हिमपात हुदा खुशी भएका छन् । सुदुरपश्चिमका तराईका जिल्लामा बर्षा तथा पहाडी जिल्लामा बर्षा तथा हिमपात भएको छ ।
लगातारको खडेरीले बालीनाली सुक्दै गएको र लामो समयको अन्तराल पछि पानीपर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै मंगलबार दिउँसोदेखि पानी परिरहेको छ ।
लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको बाजुराका बडिमालिका नगरपालिका ४ का अगुवा किसान हर्क नाथले बताए । यो वर्षाले हिउँद बाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ । उनले भने, यो वर्ष लामो समयपछि पानी परेको छ । यो पानीले केही राहत भएको छ।
वर्षाले गहुँ लगायतका हिउँदे बालीका लागि निकै फाइदा पुर्याएको बाजुरा जिल्ला कृर्षि ज्ञानकेन्द्र बाजुराका सूचना अधिकारी तथा कृर्षि प्रशार अधिकृत्त मीनप्रसाद जैशीले बताए। लामो समयको खडेरी पछि परेको पानीले केही मात्रामा भए पनि बालीनालीका लागि राम्रो हुने भएको जैशीले बताए । उनले भने वर्षाले सिचाई नहुने ठाउका किसानलाई बढी फाईदा भएको छ भने हिउदे फलफुलको लागि खाल्टा खन्नु पर्ने समय आएको थियो धेरै फाईदा भएको उनले बताए । सिँचाइ सुविधा नभएका अधिकांश ठाउँका किसानले यो वर्ष गहुँबाली छरेका छैनन् । यो वर्षापछि केही ठाउँमा गहुँ छर्ने तयारी समेत भएको छ ।