कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका अन्तरगत वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ । निर्माणका लागि टेण्डर समेत भइसकेको विकास बजेट अन्तै सारिएपछि मंगलवार स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्।
स्थानीय जनप्रतिनिधिले वडाको शान्तिपुर र मजगाइ जोड्न नालामा बन्ने पुलको बजेट भित्रभित्रै अन्तै सार्न खोजेको स्थानीयले बताएका छन्। वडाध्यक्ष अमरसिंह बडायकले भने विवादको कारण बुझ्न नसकेको बताएका छन्। सोही विवाद मिलान भनी गएका वडा सदस्य जयबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रक्सी खाएर पुगेका उनीलाई प्रहरीले वडा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो। पुल निर्माण गर्न नगरपालिकाले ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।