काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ ।
बन्द सत्रमा पार्टी अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए। देशभरबाट सहभागी झन्डै १७ सय प्रतिनिधिमध्येबाट निर्माण गरिएको २५ समूहमा प्रतिवेदनमाथि छलफलका हुन लागेको हो।
प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ। महाधिवेशनस्थल प्रज्ञा भवनका विभिन्न हलसहित पार्टी कार्यालय र पार्टी प्यालेसमा समेत बसेर समूहहरूले प्रतिवेदनमाथि छलफल गर्दैछन्। प्रतिवेदनमाथि आज दिनभर छलफल हुने र बुधबार समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ। प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ।
यहाँ हेर्नुहोस समूह, स्थान र संयोजन गर्ने नेता
१) जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन )- एमके प्रसाईं संयोजक
२)सल्लाहकार परिषद (प्रज्ञा भवन)-नन्दकुमार थापा, संयोजक
३)सल्लाहकार परिषद ( प्रज्ञा भवन)-नन्दकुमार थापा, संयोजक
४)प्रदेश १ क.( भानुभक्त हल प्रज्ञा)-हर्क नेम्वाङ, संयोजक
५)प्रदेश १ ख.(भानुभक्त हल प्रज्ञा)- हर्क नेम्वाङ, संयोजक
६)प्रदेश २ क.( पारिजात हल प्रज्ञा ) – गणेश साह, संयोजक
७)प्रदेश २ ख.(पारिजात हल प्रज्ञा)-गणेश साह, संयोजक
८)लुम्बिनी क.(पुस्तकालय हल प्रज्ञा)- चक्रपाणी खनाल, संयोजक
९)लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा) -चक्रपाणी खनाल, संयोजक
१०)गण्डकी क.(पेरिसडाँडा )- गायत्री गुरूङ, संयोजक
११)गण्डकी ख.(पेरिसडाँडा)- गायत्री गुरूङ, संयोजक
१२)प्रवास( पेरिसडाँडा ) -लक्ष्मण पन्त, संयोजक
१३)कर्णाली क.(ए वान पार्टी प्यालेस ) -विमला केसी, संयोजक
१४)कर्णाली ख.(ए वान पार्टी प्यालेस ) -विमला केसी, संयोजक
१५)सुदूपश्चिम क(ए वान पार्टी प्यालेस)- खगराज भट्ट, संयोजक
१६)सुदूपश्चिम ख( ए वान पार्टी प्यालेस) -खगराज भट्ट, संयोजक
१७)विभाग क.(क्वालिटी व्याङ्कवेट) – माया प्रसाद शर्मा, संयोजक
१८)विभाग क.(क्वालिटी व्याङ्कवेट) – माया प्रसाद शर्मा, संयोजक
१९)उपत्यका विशेष प्रदेश (क्वालिटी व्याङ्कवेट) – जगत सिंखडा, संयोजक
२०)सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस)- श्रीकृष्ण अधिकारी, संयोजक
२१)सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस – श्रीकृष्ण अधिकारी, संयोजक
२२)वागमती क.(वानेश्वर व्याङ्कवेट) -सरल सहयात्री, संयोजक
२३)वागमती ख.(वानेश्वर व्याङ्कवेट) -सरल सहयात्री, संयोजक
२४) आयोग (काठमाडौं व्याङ्कवेट) -विष्णु विकास श्रेष्ठ, संयोजक
२५)जवस,मोर्चा इन्चार्ज ,कार्यालय,एकता (काठमाडौं व्याङ्कवेट)-अमृता थापा, संयोजक